एस.पी.ए कलेजद्वारा आयोजित वक्तृत्वकलामा राइजिङ्ग स्टारकी तृप्ति प्रथम

धनगढी : सुदूर पश्चिमाञ्चल एकेडेमी एस.पी.ए कलेजद्वारा आयोजित लागूपदार्थ नियन्त्रणमा विद्यार्थीको भूमिका वक्तृत्वकला प्रतियोगितामा सम्पन्न भएको छ । मङ्गलवार सम्पन्न उक्त प्रतियोगितामा धनगढीका पाँच विद्यालयबाट दुई/दुई जना गरी जम्मा १० जनाको सहभागिता रहेको थियो । 

सबै प्रतिस्पर्धीलाई पछाडि पार्दै राइजिङ स्टार इङ्ग्लिस बोर्डिङ स्कुलकी कक्षा पाँचमा पढ्ने छात्रा तृप्ति सिंह प्रथम भएकी छन् ।

Dengue

प्रतियोगितामा डिस्कोभरि इङ्लिस बोर्डिङ स्कुलबाट प्राप्ति बस्नेत र अनुप राज गिरी, ऐश्वर्य विद्या निकेतनबाट निर्मल जोशी र एलिजा ढुङ्गाना, एक्सीस विद्या आश्रमबाट मधु शर्मा र ललित नाथ, राईजिङ इङ्लिस बोर्डिङ स्कुलबाट आयुश्मा जोशी र तृप्ति सिंह  तथा धनगढी माविबाट सुरक्षा जोशी र  हिमाल बडू गरी पाँच वटा विद्यालयबाट दश जना प्रतिस्पर्धीहरू सहभागी थिए । 

वर्तमान समयमा लागूपदार्थको कारणले थुप्रै युवा-युवतीहरू को भविष्य अन्धकार भइरहेको र समाजमा समेत नराम्रो असर परिरहेको परिपेक्षमा लागु पदार्थ सम्बन्धी विद्यार्थीहरूमा चेतना जगाउने उद्देश्यले लागूपदार्थ नियन्त्रणमा विद्यार्थीको भूमिका शीर्षकमा वक्तृत्वकला प्रतियोगिताको आयोजना गरिएको कार्यक्रम संयोजक इन्द्रमणि अवस्थीले बताए । 

जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख, विद्यार्थी, प्राध्यापक, क्याम्पस प्रमुख लगायतका सरोकारवालाहरू उपस्थित उक्त वक्तृत्वकला कार्यक्रममा वडा प्रहरी कार्यालय कैलालीका इन्चार्ज प्रहरी निरीक्षक जनकराज ढुङ्गानाले सहभागी तथा सम्पूर्ण उपस्थित दर्शक दीर्घामा रहेका व्यक्तित्वहरूमाझ लागुऔषधको प्रभाव यसको रोकथाम तथा नियन्त्रणमा विद्यार्थी, अभिभावक एवं सरोकारवालाहरू को भूमिका के कस्तो हुनु पर्छ भनी प्रकाश पारेका थिए ।  कार्यक्रमको निर्णायकमा कलेजका सह-प्राध्यापक शुसिला शाही, टङ्क जोशी र बलराम भट्ट रहेका थिए । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार