बुध ग्रहमा साढे १४ किलोमिटर गहिराइसम्म हिरैहिरा ‍भएको वैज्ञानिकको दाबी

काठमाडौं : हालैको एक वैज्ञानिक अध्ययनले हाम्रै सौर्यमण्डलमा अवस्थित बुध ग्रहमा ९ माइल (साढे १४ किलोमिटर) गहिराइसम्म हिराको तह रहेको देखाएको छ । चीन र बेल्जियमका वैज्ञानिकहरूले बुध ग्रहको सतहमा हिराको तह भएको दाबी गरेका हुन् । वैज्ञानिकहरूले सो अनुसन्धान नेचर जर्नलमा प्रकाशित गरेका छन् ।

यसअघि सन् २००४ को नासाको मेसेन्जर मिसनले बुधमा ग्रेफाइट भएको पहिचान गरेको थियो । ग्रेफाइट र हिरा दुवै कार्बनका आइसोमर हुन् । यसले बेइजिङस्थित सेन्टर फर हाई प्रेसर साइन्स एन्ड टेक्नोलोजी एडभान्स्ड रिसर्चका वैज्ञानिक तथा यस अध्ययनका सहलेखक यान्हाओ लिनलाई जिज्ञासा जगायो । त्यसपछि उनले अन्य वैज्ञानिकहरूसँग मिलेर बुधको सतहबारे अध्ययन थालेका थिए ।

Dengue

बुध ग्रहको सतह मुनि हिरा भएको थाहा पाउन वैज्ञानिकहरूले बुध ग्रहको सिमुलेसन (दुरुस्तै नक्कल गर्ने) तयार पारेर अध्ययन गरेका थिए । जसमा बुधको भौगोलिक अवस्थालाई उनीहरूले कम्प्युटर मोडलिङ र प्रतिरूप बनाएर उच्च चाप दिने विधिमार्फत परीक्षण गरेका थिए । उनीहरूको अध्ययन नै उच्च कार्बन भएका वस्तुहरू अधिक चाप र तापक्रममा क्रिस्टलाइज हुन्छन्/हुन्नन् थाहा पाउनु थियो ।

सामान्यतः वैज्ञानिकहरू बुध अन्य चट्टानी ग्रहहरू जस्तै तातो, पग्लिएको चट्टान महासागरबाट बनेको ठान्छन् । तर, विभिन्न अध्ययनले बुधको महासागरमा अधिक कार्बन भएको पाइएको थियो । त्यही अधिक कार्बन भएको म्याग्मा (पग्लिएको चट्टान) को महासागर ग्रह सेलिने क्रममा क्रिस्टलाइज हुँदा बुध ग्रहमा उक्त हिराको तह बनेको हुन सक्ने वैज्ञानिकहरूको अनुमान छ ।

यसरी बनेको हिराको तह कोर मन्टल बाउन्ड्री (सीएमबी) नामक बुध ग्रहको ठाउँमा ३०० माइलसम्म फैलिएको हुन सक्ने उनीहरूको अनुमान छ । यसले बुध ग्रहबारे थप नयाँ रहस्य खोलेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार