मंगलबार नेप्से ७५ अंकले बढ्यो !

काठमाडाैं : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज ७५ अङ्कले बढेको छ । आज नेप्से ७५.३३ अङ्कले बढेर २५६३.४३ अङ्कमा पुगेको छ  ।

आज ३१७ कम्पनीको ३ करोड ९७ लाख ९० हजार ८८९ कित्ता शेयर एक लाख ७१ हजार ३८७ पटक खरिदबिक्री हुँदा १४ अर्ब ११ करोड ६३ लाख ३० हजार ९९५ बराबरको कारोबार भएको छ ।

Dengue

आज बोटलर नेपाल, समृद्धि फाइनान्स, मंडू हाइड्रो, हाथवे इन्भेस्टमेन्ट, नेपाल वायर हाउसिंगको सेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै आज सबैभन्दा बढी गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य ५.८३ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै शिभम सिमेन्टको २४ करोड ६९ लाख २३ हजार ७९२ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर संख्याका आधारमा भने नबिल ब्यालेन्स फन्ड-२ को १६ लाख २ हजार ८३५ कित्ता शेयर किनबेच भएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार