निपाह भाइरसका कारण दुइ जनाको मृत्यु

एजेन्सी : भारतको केरला राज्यमा निपाह भाइरसका कारण दुइ जनाको मृत्यु भएपछि उच्च स्वास्थ्य सतर्कता अपनाइएको छ । अन्य ६० जनामा समेत सो रोगको संक्रमण पुष्टि भएको भन्दै स्वास्थ्य सतर्कता उच्च बनाइएको स्वास्थ्यमन्त्रीलाई उद्यृत गर्दै बीबीसीले जनाएको छ ।

केरलाको स्वास्थ्यमन्त्री वीणा जर्जले शहरका ती बालकमा रोग पाइएको र उनीसँग सम्पर्कमा आएकाहरूलाई अलग्गै राखेर परीक्षण गरिएको बताउनुभएको छ । 

dashain shuvakamana
Discovery School

सो क्षेत्रका मानिसहरूलाई सार्वजनिक क्षेत्रमा मास्क लगाउन र अस्पतालमा मानिसहरूलाई भेट्न नजान नभनिएको छ । विश्व स्वास्थ्य सङ्गठन डब्लुएचओका अनुसार निपाह भाइरस संक्रमण सुँगुर र चमेरा लगायतबाट मानिसमा सर्ने जुनोटिक रोगहो । ज्वरो, टाउको दुख्ने ,मांसपेशी दुख्ने, घाँटी दुख्नु यो रोगका मुख्य लक्षण हुन् । 

निपाह देखिएसँगै केरला राज्य सरकारले प्रकोप रोक्न कार्ययोजना बनाइरहेको बताएको छ । यसअघि सन् २००१ र २००७ मा पश्चिम बंगालको पूर्वी राज्यमा सो संक्रमण देखिएको थियो । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार