साउन लागेसँगै तीज गीत रिलिज, शान्तिश्री परियारको गीत चर्चामा

काठमाडौं : साउन लागेसँगै तीज गीत रिलिज भइरहेका छन् । युट्युबमा दुई दर्जन बढी तीज गीत आइसक्दा शान्तिश्री परियारको गीत चर्चामा छ।

शान्तिश्री परियारकै आधा दर्जन बढी गीत सार्वजनिक हुँदा समीक्षा अधिकारी र गायक मोहन खड्काको स्वर रहेको तीज गीत ‘बरिलै’ खासै चल्न सकेको छैन ।

Dengue

शान्तिश्रीको स्वर रहेको ‘काली पसम की’ यतिबेला चर्चामा देखिन्छ । चारदिनअघि सार्वजनिक सो गीत आठ लाख भ्युअर्स बटुल्दै युट्युब ट्रेन्ड्रिङ २ मा छ । यो गीतले ट्रेन्ड्रिङ एकमा लामो समय कब्जा जमाउने देखिन्छ । टिकटकदेखि रिल्समा समेत यो गीतमा नृत्य गरेका भिडिओ प्रशस्त  भेटिन थालेका छन् ।

प्रेम सापकोटाको शब्द एवं सङ्गीत रहेको गीतको भिडिओमा स्मारिका ढकाल र जोन बम ठकुरी फिचर्ड छन् । भिडिओलाई जेरी भण्डारीले कोरियोग्राफी एवं निर्देशन गरेका हुन् ।

अघिल्लो साल शान्तिश्री कै ‘अरेली काँडैले च्वास्स’ गीत सबैभन्दा चर्चामा थियो । यसपटक पनि सार्वजनिक भइसकेका गीत मध्ये ‘काली पसम कि’ गीत नै बढी चर्चामा छ ।

यससँगै शान्तिश्रीका अरू गीत पनि छन् । खुमन अधिकारी, शान्तिश्री परियार, देवी घर्ती र अर्जुन कुँवरको स्वरमा ‘कुरा काट्नेहरू’ सार्वजनिक छ । पशुपति शर्माले प्रिया भण्डारीसँगको स्वरमा ‘मै लुरी’ ल्याएका छन् ।

अस्ट्रेलियामा रहेकी गायिका एलिना चौहानले पनि तीज गीत सार्वजनिक गरिसकेकी छन् । सूर्य खड्का र सुनिता बुढा क्षेत्रीको स्वरमा ‘सीताका माइती’ भन्ने गीत छ ।

सुनिता बुढा क्षेत्रीको ‘बिजुली चमक्क’ गीत पनि युट्युबमा छ। कस्तुप पन्तको शब्द एवं सङ्गीत रहेको गीतको भिडिओमा अञ्जली अधिकारीको नृत्य देख्न सकिन्छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार