धुवामा निशासिएर १२ दिनकी सुत्केरी र उनकी बहिनीको मृत्यु

काठमाडौँ : जुम्लामा धुवामा निशासिएर १२ दिनकी सुत्केरी र उनकी बहिनीको मृत्यु भएको छ।

राति सुत्केरीलाई न्यानो पार्न बालिएको आगोको धुवा निस्यासिएर चन्दनाथ नगरपालिका पाँच कालेखोलीकी २२ वर्षीय मायालक्ष्मी रोकाया १९ वर्षीया जुनमाया रोकाया र १२ दिनको शिशु गम्भीर घाइते भएका थिए।

Dengue

उनीहरूलाई उपचारको लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल खलङ्गा पुर्‍याएको थियो । मायालक्ष्मीको उपचारको क्रममा सोमबार र उनकी बहिनी जुन मायाको मङ्गलबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी उमेश चन्दले जानकारी दिए। बच्चाको आइसियुमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार