४६ औं पुष्पलाल स्मृती दिवसको अवसरमा बेलौरी नगरपालिकामा वृक्षारोपण

बेलौरी : कञ्चनपुरको बेलौरीमा वृक्षारोपण गरिएको छ । नेकपा एमाले बेलौरी नगरकमिटिले ४६ औं पुष्पलाल स्मृती दिवसको अवसरमा बेलौरी नगरपालिकाका सार्वजनिक स्थानमा फलफुल र अन्य बोटबिरुवा रोपेको हो ।

सोमबार एमाले नगर कमिटिले बेलौरी नगरपालिका –४ नेपाल मानव सेवा आश्रम, भुराकोटको दुर्गा आधारभूत विद्यालय र माइथान (शिव मन्दिर) मा वृक्षारोपण गरि ४६ औं पुष्पलाल स्मृती दिवस मनाइएको नेकपा एमाले नगर अध्यक्ष नवराज शाहिले बताए ।

Dengue

उनका अनुसार करिब ३० जना स्थानीय र पार्टिका प्रतिनिधिहरुको उपस्थितिमा १ सय ४० फलफुल र अन्य बोटबिरुवा रोपिएका छन ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार