गोदावारी नगरपालिका १० को कार्यालयमा लगाइएको ताला खुल्यो

भक्तराज जोशी

कैलाली । विद्यालय मर्जरको विषयलाई लिएर कैलालीको गोदावरी नगरपालिका–१० को वडा कार्यालयमा लगाइएको ताला खोलिएको छ । स्थानीयले विद्यालय सञ्चालनको माग गर्दै वडा कार्यालयमा लगाइएको ताला सहमतिपछि सोमबार खोलिएको हो ।

गोदावरी नगरपालिकाकाले २०८० फागुन ३० गते र नगर शिक्षा समितिले २०८१ जेठ ३२ गते वडा नम्बर १० को शंकर आधारभूत विद्यालयलाई घण्टेश्वर आधारभूत विद्यालयमा समायोजन गर्ने निर्णय गरेको थियो । तर, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष रामदत्त भण्डारी उक्त विद्यालय मर्जर प्रक्रिया रोक्न माग गर्दै अदालत पुगेका थिए ।

Dengue

सर्वोच्च अदालतले पनि विद्यालय मर्जर रोक्न परेको रिट निवेदनको टुँगो नलाग्दासम्म नगरपालिका र नगर शिक्षा समितिको निर्णय कार्यान्वयन नगर्न आदेश दिएको थियो । सोही आदेशको पालना गर्दै विद्यालय सञ्चालन गर्नुपर्ने माग गर्दै स्थानीयले वडा कार्यालयमा तालाबन्दी गरेका थिए ।

तर, वडा कार्यालयमा तालाबन्दी हुँदा सेवाग्राही मर्कामा पर्ने भन्दै आपसी सहमतिपछि वडा कार्यालयमा लगाइएको ताला खोलिएको एक स्थानीयले जानकारी दिएका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार