टीकापुर अस्पतालको आकस्मिक बाहेकको सेवा ठप्प

धनगढी : कैलालीको टीकापुर अस्पतालले आकस्मिक सेवा बाहेक ठप्प पारेको छ । केही व्यक्तिहरुले अस्पतालमा प्रवेश गरी डर धम्की दिएको भन्दै अस्पतालले आज एक विज्ञप्ती जारी गरी सेवा ठप्प पारेको जनाएको छ ।

विज्ञप्तीमा सो समूहले अस्पतालमा प्रवेश गरी व्यवस्थापन समितिका अध्यक्ष, स्वास्थ्यकर्मी र कर्मचारीहरुलाई गाली बेइज्जती गर्नुका साथै हातपातको प्रयास गरेको उल्लेख छ । टीकापुर अस्पतालको आकस्मिक बाहेकको सेवा ठप्प टीकापुर अस्पतालले आकस्मिक सेवा बाहेक ठप्प पारेको छ । केही व्यक्तिहरुले अस्पतालमा प्रवेश गरी डर धम्की दिएको भन्दै अस्पतालले आज एक विज्ञप्ती जारी गरी सेवा ठप्प पारेको जनाएको छ ।

Dengue

विज्ञप्तीमा सो समूहले अस्पतालमा प्रवेश गरी व्यवस्थापन समितिका अध्यक्ष, स्वास्थ्यकर्मी र कर्मचारीहरुलाई गाली बेइज्जती गर्नुका साथै हातपातको प्रयास गरेको उल्लेख छ । असुरक्षित महशुस भएको भन्दै स्वास्थ्यकर्मीहरुले घटनामा संलग्नलाई कानूनी कारवाही नभएसम्म काम गर्न नसकिने विज्ञप्तीमा उल्लेख गरेका छन । साथै उनीहरुले आफूहरुलाई सुरक्षाको प्रत्याभूति गराईदिन हुन सम्बन्धित सरोकारवालाहरुसँग माग गरेका छन ।

घटना अनुसार यही असार १ गते राति करिव सवा दश बजे स्थानीय पदमबहादुर बोहोरा उपचारका लागि अस्पताल पुगेका थिए । उनको आकस्मिक कक्षमा उपचार भएको थियो । उनी मधुमेह र उच्च उक्तचापको दीर्घ बिरामी रहेको विज्ञप्तीमा भनिएको छ । बोहोरालाई अस्पतालले थप उपचारका लागि अन्यत्र रेफर गरेको थियो । उनको उपचारका लागि धनगढी जाने क्रममा निधन भएको बताईएको छ । उनको निधन आफन्तले चिकित्सकको गलत उपचारका कारण भएको दावी गरेका छन । उनीहरुको विरोध पछि सो घटनाका बारेमा अध्ययन गर्न छानविन समिति नै गठन भएको थियो ।

विज्ञप्ती अनुसार समितिले घटनाको छानविन गरिरहेको छ । तिनै मृतक बोहोराका आफन्तले अस्पताल हाता भित्र प्रवेश गरेर गाली गलौज र हातपातको प्रयास गरेको विज्ञप्तीमा उल्लेख छ । उता मृतकका आफन्तका अनुसार आफूहरूसँग भएको सम्झौताको कार्यान्वयन समयमै नहुँदा आन्दोलन गर्नुपर्ने अवस्था आएको बताइएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

11%

खुसी

78%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

11%

आक्रोशित

सम्बन्धित समाचार