महिला टी-२० विश्वकपमा प्रतिस्पर्धी संख्या बढाउने आईसीसीको निर्णय

काठमाडौं : सन् २०३० मा आयोजना हुने आईसीसी महिला टी-२० विश्वकपमा १६ टीमले प्रतिस्पर्धा गर्ने भएका छन् ।

आईसीसीको सोमबार श्रीलंकामा सम्पन्न बोर्ड बैठक तथा वार्षिक साधारणसभाले महिला टी-२० विश्वकपमा प्रतिस्पर्धी संख्या १२ बाट १६ पुर्‍याउने निर्णय गरेको हो । आईसीसीको यो निर्णयले नेपाल जस्ता टोलीलाई फाइदा पुग्नेछ ।

Dengue

यस्तै सन् २०२६ मा हुने पुरुष टी-२० विश्वकपमा एसिया र इस्ट एसिया प्यासिफिक क्षेत्रबाट ३ टोलीलाई सहभागी गराइने निर्णय भएको छ । यी दुई क्षेत्रको अन्तिममा एउटै प्रतियोगिताबाट विश्वकप छनोट हुनेछ ।

यसअघि एसिया क्षेत्रबाट मात्र छनोट हुँदै आएको थियो । आईसीसीका अनुसार अफ्रिका र युरोपबाट २-२ र अमेरिकी क्षेत्रको छनोटबाट एक टोलीले विश्वकपमा स्थान बनाउनेछन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार