लेन्स लगाउँदा अभिनेत्री जस्मिनको आँखाको कोर्नियामा समस्या

एजेन्सी : चर्चित टिभी अभिनेत्री जस्मिन भासिनको आँखाको कोर्निया नराम्ररी बिग्रिएको छ । जस्मिनले यसबारे इन्स्टाग्राम स्टोरीमा जानकारी साझा गरेकी हुन् । उनी जुलाई १७ मा एउटा कार्यक्रममा गएकी थिइन्, जहाँ उनले लेन्स लगाउनु परेको थियो । लेन्स लगाएको केही समयपछि नै उनको आँखा दुखेर देख्नै नसकिने भयो ।

टाइम्स अफ इन्डियासँग कुरा गर्दै जस्मिनले भनिन्– म १७ जुलाईमा एउटा कार्यक्रमका लागि दिल्ली गएकी थिएँ । मलाई मेरो लेन्समा के गडबड थियो थाहा थिएन, तर त्यसलाई राखेपछि, मेरो आँखा दुख्न थाल्यो । यो घटना लगत्तै डाक्टरकहाँ जानुपर्ने थियो तर कार्यक्रमका कारण जान सकिन । कार्यक्रममा मैले कालो चस्मा लगाएकी थिएँ । मैले केही देख्न पनि सकिनँ ।’

Dengue

जस्मीनले थप भनिन्– कार्यक्रम सकिएपछि हामी राति आँखा विशेषज्ञ कहाँ गयौँ । परीक्षण पछि, मलाई मेरो कोर्निया क्षतिग्रस्त भएको जानकारी दिइयो । मेरो आँखामा पट्टी लगाइयो । भोलिपल्ट म मुम्बई गएँ, जहाँ मैले आफ्नो उपचार जारी राखेँ ।’

अबको चार–पाँच दिनमा निको हुने चिकित्सकले बताएका छन् तर त्यतिन्जेल आँखाको राम्रो हेरचाह गर्नुपर्छ । यो सजिलो छैन किनभने म देख्न पनि सक्दिनँ र दुखाइको कारण सुत्न समस्या भइरहेको छ । मलाई आशा छ कि म केहि दिनमा निको हुनेछु र काममा फर्कन सक्छु ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार