लागुऔषध खैरो हिरोइनसहित ४ जना पक्राउ

धनगढी : धनगढीमा लागुऔषध खैरो हिरोइनसहित ४ जना पक्राउ परेका छन् ।

सोमबार कैलालीको धनगढी उपमहानगरपालिका-१० घुइयाघाट जय गुरु गणेश ईट्टा भट्टिमा काम गर्ने घुइयाघाट बस्ने ३० वर्षका नाटुल भन्ने राममिलन राना, सोही ठाउँका ३४ वर्षका राजेश राना, धनगढी-३ बडरा घर भई घुइयाघाट बस्ने २४ वर्षका सन्नि चौधरी र धनगढी-८ धनगढी गाउँ बस्ने २२ वर्षका अर्जुन पार्की पक्राउ परेका हुन् ।

Dengue

उनीहरुलाई शंका लागी चेकजाँच गर्दा ६६० मिलिग्राम लागुऔषध खैरो हिरोइन फेला पारी नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रदेश प्रहरीले बताएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार