नेप्सेमा सामान्य वृद्धि !

काठमाडौँ : सेयर कारोबार मापक नेप्से परिसूचक सोमबार २.१५ अंकले मात्र बढेर २ हजार ४ सय ८८.०९ विन्दुमा पुगेर बन्द भएको छ । आइतबारको तुलनामा सोमबार नेप्सेको वृद्धिदर निकै कम हो । आइतबार नेप्से ६१.६१ अंकले बढेर बन्द भएको थियो ।

सोमबार दिनभर नेप्सेमा निकै उतारचढाब देखियो । एकै छिनमा सेयर बजार दोहोरो अंकले घट्थ्यो भने एकैछिनमा फेरि उकालो लागि हाल्थ्यो । यद्यपि बजार खुलेको अधिकांश समय बजार घटेको थियो । तर अन्त्यमा करिब सवा २ अंकले बजार बढेर बन्द भएको हो ।

Seti Hospital

आइतबारको तुलनामा समग्र नेप्से परिसूच, कारोबार रकम दुबै घटेपनि सोमबारको कारोबार रकम नराम्रो भन्न नमिल्ने जानकारहरु बताउँछन् ।उक्त दिन कारोबारमा आएकामध्ये ११५ कम्पनीको सेयर मूल्य बढ्यो, १२१ वटाको घट्यो र बाँकी ६ वटाको स्थिर रहयो ।

सोमबार १ लाख ७० हजार ५ सय ५९ वटा कारोबारबाट ३ करोड ९७ लाख ५४ हजार ७ सय ११ वटा कित्ता सेयर किनबेच भए । ती किनबेचमा १३ अर्ब ९१ करोड ५५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

अघिल्लो दिनको तुलनामा कारोबार रकम घटेको हो । आइतबार १५ अर्ब २३ करोडको सेयर किनबेच भएको थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार