सिमलतालबाट बेपत्ता भएका दुईवटा बस र यात्रुको खोजी जारी

काठमडौं : गृह मन्त्रालयले चितवनको सिमलतालबाट बेपत्ता भएका दुईवटा बस र यात्रुको खोजी कार्य सोमबार ११ औं दिन पनि जारी रहेको जनाएको छ। 

मन्त्रालय मातहतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता डा. डिजन भट्टराईले सोमबार पनि बेपत्ता बस र यात्रुहरुको खोजी कार्य जारी रहेको जानकारी दिएका छन् ।  

SHIKHAR COOL TECH

उनले वक्तव्य जारी गरेर भनेका छन्, ‘भरतपुर महानगरपालिका–२९ नारायणगढ–मुग्लिङ्ग सडकखण्डको सिमलतालमा गेग्रान बहावले बगाई त्रिशूली नदीमा खसेका दुईवटा बस तथा यात्रुको आज ११ औं दिन पनि खोजी कार्य भइरहेको छ ।’

प्रवक्ता भट्टराईका अनुसार सोमबार सिमलतालबाट साढे ३ किलोमिटरको दूरीमा रहेको घुमाउनेदेखि देवघाटसम्मको १६ किलोमिटर क्षेत्रमा खोजी कार्य गर्ने योजना रहेको छ । 

उनकाअनुसार आइतबार उद्धार टोलीले सेनार क्यामेरासहित खोजी कार्य थालेको संयुक्त टोलीले सिमलतालदेखि घुमाउनेसम्म करिव ३.५ किलोमिटर र देवघाटदेखि काभ्रेघाटसम्म करिव १० किलोमिटर क्षेत्रमा खोजी कार्य गरेको थियो ।

खोजी कार्यमा थप सहयोग गर्न छिमेकी राष्ट्र भारतको राष्ट्रिय आपदा मोचन बलबाट १२ जनाको प्राविधिक टोली नेपाल आएको छ । शनिबार चितवनका प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा जिल्ला सुरक्षा समिति चितवन र भारतीय प्राविधिक टोलीको संयुक्त बैठकपछि आइतबार बिहानबाट खोजी कार्य सुरु भएको थियो ।

प्रवक्ता भट्टराईले घटनामा परी हराइरहेका यात्रुमध्ये हालसम्म २५ वटा शव प्राप्त भएका छन् । भेटिएका शवमध्ये दुईवटा भारतीय भूमिमा भेटिएका हुन् । हालसम्म १८ वटा शव सनाखत भइ परिवारको जिम्मा लगाइएको उनले बताए । 

सनाखत भएका शवमा १६ वटा पुरुष र २ वटा महिलाको छ भने सनाखत भएका शवमध्ये १३ नेपाली नागरिकका छन् । ५ वटा शवहरु भारतीय नागरिकका रहेका प्रवक्ता भट्टराईले बताए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार