फिल्म ‘के घर के डेरा: घर नम्बर २’ मा अभिनेता निश्चत बस्नेतको इन्ट्री

काठमाडौँ : निर्देशक दीपेन्द्र के. खनालको आगामी फिल्म ‘के घर के डेरा: घर नम्बर २’ मा अभिनेता निश्चत बस्नेतको इन्ट्री भएको छ । यसअघि खगेन्द्र लामिछानेलाई भित्र्याएका खनालले निश्चललाई भित्र्याएका हुन् ।

आगामी साउन २५ गतेबाट छायांकन सुरु गर्न लागिएको फिल्मका लागि अझै चारजना कलाकारलाई मुख्य भूमिका अनुबन्ध गरिने निर्देशक खनालले जानकारी दिए ।

Dengue

यो फिल्मको स्क्रिप्ट उपन्यासकार बुद्धिसागरले लेखिरहेका छन् । पहिलोपटक उनको लेखनमा फिल्म बन्न लागेको हो । फिल्ममा शरद श्रेष्ठ, किरण महर्जन र राजीव श्रेष्ठ निर्माता छन् भने युवराज कार्की कार्यकारी निर्माता हुन् ।

ए प्लस इन्टरटेन्मेन्ट र नटराज क्रियशनको प्रस्तुतिमा बन्न लागेको ‘के घर के डेरा २’लाई काठमाडौं उपत्यकाभित्र रिच इन्टरटेन्मेन्ट तथा उपत्यका बाहिर एफडी कम्पनीले वितरण गर्नेछन् । यो फिल्म २०७९ सालमा आएको ‘के घर के डेरा’को ‘सिक्वेल’ हो । त्यतिबेला यो फिल्म ‘सेमी हिट’ भएको थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार