नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थामा तालाबन्दी

धनगढी : नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थामा तालाबन्दी गरिएको छ । सोमबार नेरूडे लघुवित्त र मिर्मिरे लघुवित्तको मर्जर पश्चात् गरिएको पद व्यवस्थापनमा असन्तुष्ट कर्मचारीहरूले अत्तरिया सहित देशभरीका अधिकांस शाखा कार्यालयमा तालाबन्दी गरेका हुन ।

मर्ज पछि पद व्यवस्थापन गर्दा साबिकको मिर्मिरे लघुवित्तमा कनिष्ठ सहायक ‘ख’ पदमा कार्यरत कर्मचारीलाई केन्द्र व्यवस्थापक पदमा रूपान्तरण गरिएको छ । उक्त निर्णयले कर्मचारीको घटुवा गर्ने काम गरिएको भन्दै नेरुडे मिर्मिरे लघुवित्तका कर्मचारी आन्दोलित भएका छन् ।

Dengue

अत्तरिया शाखामा कार्यरत कर्मचारीका अनुसार आइतबार देश भरीका नेरुडे मिर्मिरे लघुवित्तका कार्यलयहरुमा तालाबन्दी गरिएको छ । नेरूडे र मिर्मिरे लघुवित्त २०७९ पुस ११ गते मर्ज भएका थिए ।

मर्जर हुनु केही समय अघि मात्रै साबिकको मिर्मिरे लघुवित्तले कनिष्ठ सहायक ‘ख’ पदमा १६१ जना कर्मचारी नियुक्त गरेको थियो । ती कर्मचारीलाई मर्जर पछि केन्द्र व्यवस्थापक पदको जिम्मेवारी दिएपछि अहिले उनीहरू आन्दोलित छन् ।

नाम नबताउन सर्तमा एक केन्द्र व्यवस्थापकले भने ‘हाम्रो पद घटुवा भएपछि काम गर्ने मनोबल घटेको छ । हाम्रो मर्जरपछि कनिष्ठ सहायकमा बढुवा गर्नुपर्नेमा झन् घटुवा गरिएको छ ।’

उनीहरूले यसअघि पनि असार २० गते र असार २५ गते ध्यानाकर्षण पत्र दिएको भए पनि माग सुनुवाइ नभएपछि बाध्य भएर तालाबन्दी गरिएको जनाएका छन् । उनीहरूले साबिक मिर्मिरे लघुवित्तको कर्मचारी सेवा नियमावली र कर्मचारी सेवा सुविधा सम्बन्धी कार्यविधि अनुसार सेवा सुविधा कायम गरिनुपर्ने लगायतका माग गरेका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार