विशेष अधिवेशनमा सत्तापक्ष सहभागी नहुने सङ्केत

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले भोलि मंगलबार आह्वान गरिएको प्रदेश सभाको विशेष अधिवेशनबारे आफूलाई थाहा नभएको बताएका छन् । सरकारले अधिवेशन आह्वान नगरेको र कसैले अधिवेशनबारे सरकारसँग समन्वय नगरेको मुख्यमन्त्री सोडारीले बताएका हुन् ।

मुख्यमन्त्री सोडारीले भने, ‘हामीले अधिवेशन आह्वान गरेका छैनौँ । अधिवेशनबारे हामीलाई थाहा छैन ।’ आज सभामुख भीमबहादुर भण्डारीले सभा सञ्चालनको लागि कार्य व्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । सो बैठकमा सत्तापक्षको उपस्थिति नहुने देखिएको छ । साथै आह्वान गरिएको विशेष अधिवेशनमा पनि उनीहरूको उपस्थिति नरहने देखिएको हो ।

Dengue

प्रदेश सरकारका जलस्रोत तथा सहरी विकास मन्त्री अक्कल रावलले पनि अधिवेशनबारे आफूलाई थाहा नभएको र अधिवेशनको औचित्य पनि नभएको बताएका छन् । मन्त्री रावलले भने, ‘अधिवेशन सरकारले राख्ने हो । हामीले राखेका छैनौँ । यो अधिवेशन नै औचित्यहीन अधिवेशन हो । यसमा सरकारको उपस्थिति हुने सम्भावना न्यून छ ।’

सुदूरपश्चिम प्रदेश सरकारले बजेट फेल भइसकेपछि अध्यादेशमार्फत बजेट ल्याउने तयारीमा थियो । तर अध्यादेशको बाटोबाट बजेट ल्याउने बाटो नै बन्द गरी प्रदेश प्रमुख नजिर मियाँमार्फत विशेष अधिवेशनको आह्वान गरिएको छ ।

अध्यादेशमार्फत बजेट ल्याउन प्रदेश सरकारले प्रदेश प्रमुखलाई असार ३० गतेदेखि लागू हुने गरी बजेट अधिवेशन अन्त्यको लागि पत्राचार गरेको थियो । तर प्रदेश प्रमुख मियाँले साउन ३ गते राति १२ देखि लागु हुने गरी अधिवेशन अन्त्य गरे । 

त्यसको भोलिपल्ट प्रदेश सभाको एक चौथाइ प्रदेश सभा सदस्यहरू (काँग्रेस एमालेसहित) विशेष अधिवेशनमा माग गर्दै प्रदेश प्रमुख कहाँ निवेदन गरे । त्यस लगत्तै प्रदेश प्रमुखले साउन ८ गतेका लागि विशेष अधिवेशन आह्वानको लागि प्रदेश सभामा पत्राचार भएको हो ।

प्रदेश सभा सचिवालयले भोलि साउन ८ गते दिउँसो २ बजे बस्ने गरी प्रदेश सभाको अधिवेशन बोलाएको छ । असार १७ गते दुई ठुला दल कांग्रेस र एमालेबिच भएको राजनीतिक सहमतिपछि प्रदेश सरकारबाट एमाले बाहिरिएपछि सोडारी नेतृत्वको सरकार अल्पमतमा छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार