काठमाडौं : चितवनको वी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पतालमा कार्यरत लेखा अधिकृत अमृता कोइराला घुससहित पक्राउ परेकी छिन् ।
औषधी आपूर्तिको बिल भुक्तानीका लागि उनले ६ लाख घुस लिएकी हुन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौंडाबाट खटिइएको टोलीले उनलाई डेढ लाख घुस र चार लाख ५० हजार रुपैयाँको चेकसहित पक्राउ गरेको हो ।
भरतपुर महानगरपालिका –४ कटहरचोकबाट पक्राउ गरिएको आयोगले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्