एक वर्षको अवधिमा सात सय ९२ प्रहरीले दिए राजीनामा

काठमाडौं : एक वर्षको अवधिमा सात सय ९२ प्रहरीले राजीनामा दिएका छन् । यो पछिल्लो तीन वर्षयताकै उच्च हो ।

प्रहरी प्रधान कार्यालयले आइतबार आयोजित पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार आर्थिक वर्ष २०८०–८१ मा राजीनामा बढेको छ ।

Dengue

२०७९–८० मा ६ सय ३३ तथा २०७८–७९ मा चार सय ९९ जनाले मात्र राजीनामा दिएका थिए । सुविधा कम तथा डिउटी धेरै हुने भएकाले तल्लो तहका धेरै प्रहरीले पेन्सन अवधि पुगेपछि राजीनामा दिने गरेका छन् ।

कतिपयले पेन्सन अवधि नै नपुगी राजीनामा दिने गरेका छन् । तल्लो तहका प्रहरीले १६ वर्षमै पेन्सनको सुविधा दिन माग गर्दै आएका छन् । पछिल्लो समयमा जागिर छाड्नेको लर्को नै देखिएको छ ।

हरेक सरकारले बोलीमा त्यसलाई सम्बोधन गर्ने बताएपनि कार्यान्वायनमा भने प्राथमिकता दिएका छैनन् । जबकी नेपाली सेनामा चार वर्षअघि नै यो प्रावधान कार्यान्वायन भइसकेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार