सुदूरपश्चिम पृतना हेडक्वाटरको आयोजनामा आइतबारबाट खेलकुद प्रतियोगिता सुरु

डोटी : डोटीमा पृतनापति ट्रफी खेलकुद प्रतियोगिता भइरहेको छ । सुदूरपश्चिम पृतना हेडक्वाटरको आयोजनामा आइतबारबाट प्रतियोगिता सुरु भएको हो ।

प्रतियोगितामा फुटबल, भलिबल, बास्केटबल, बक्सिङ, स्विमिङ, तेक्वान्दो, एथ्लेटिक्सका खेलहरू भइरहेका छन् । सुदूरपश्चिम पृतनाअन्तर्गतका पाँच गण र पाँच गुल्मका ९३ महिला र ४०८ पुरुष गरी ५०१ जना खेलाडी प्रतियोगितामा सहभागी छन् ।

Dengue

प्रतियोगिताको उद्घाटनका क्रममा उपरथी पृतनापति गणेश कुमार श्रेष्ठले केन्द्रीय स्तरमा सञ्चालन हुने प्रधानसेनापति ट्रफीको पूर्व तयारी तथा छनौट चरणका रूपमा प्रतियोगिताको आयोजना गरिएको बताए । प्रतियोगिता साउन १७ गतेसम्म सञ्चालन हुने जनाइएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार