एसीसी महिला एसिया कप दोस्रो खेलमा नेपाल पाकिस्तानसँग पराजित

काठमाडौं : एसीसी महिला एसिया कप क्रिकेट अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपाल पाकिस्तानसँग पराजित भएको छ । आइतबार राति भएको खेलमा नेपाल पाकिस्तानसँग ९ विकेटले पराजित भएको हो ।

नेपालले दिएको १०९ रनको लक्ष्य पाकिस्तानले ११.५ ओभरमा एक विकेटको क्षतिमा पुरा गर्यो । उसका लागि गुल फिरोजाले अर्धशतक प्रहार गरिन् । ३५ बलको सामना गरेकी उनले १० चौकासहित ५७ रन बनाईन् । त्यस्तै मुनिबा अलीले ३४ बलमा ८ चौकासहित नटआउट ४६ रन बनाईन । नेपालका लागि कविता जोशीले एक विकेट लिइन् ।

Dengue

त्यसअघि रंगिरि डम्बुला अन्तर्राष्ट्रिय रंगशालामा टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १०८ रन बनाएको थियो ।

नेपालका लागि कविता जोशीले सर्वाधिक ३१ रनको योगदान दिइन् । २३ बलको सामना गरेकी जोशीले चार चौका र एक छक्का प्रहार गरिन् ।

सिता राना मगरले २६ रन बनाइन । ३० बलको सामना गरेकी उनले तीन चौका प्रहार गरिन् । पुजा महत्तो र कविता जोशीले अन्तिममा महत्वपूर्ण साझेदारी गर्दा नेपालले सम्मानजनक योगफल खडा गरेको हो । ३२ बलको सामना गरेकी महत्तोले तीन चौकाको मदतमा २५ रन बनाइन् । उनी २० औं ओभरमा रन आउट भएकी थिइन् ।

कविता कुँवर १३, सम्झना खड्का ४ रनमा आउट हुँदा कप्तान इन्दू बर्माले रनको खाता नै खोल्न सकिन्न् । त्यस्तै रुबिना क्षेत्री ८ बनाएर रन आउट भइन् ।

पाकिस्तानका लागि सादिया इकबालले दुई तथा फातिमा सानाले एक विकेट लिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार