सेती अस्पतालमा ६ दिनसम्म पाइएन सिटि स्क्यानको रिपोर्ट

धनगढी : सेती प्रादेशिक अस्पताल धनगढीमा सिटि स्क्यानकै लागी एक साता कुर्नु परेको छ । साउन १ गते सिटी स्क्यान गराएका जोशीपुर गाउँपालिका १ का प्रसन्न विश्वकर्माको सिटी स्क्यान रिपोट अस्पतालले ६ दिन सम्म दिएन । उनका दाजु विश्वास विश्वकर्माले अस्पतालले ६ दिन भयो सिटी स्क्यान रिपोट नदिएको बताए ।

चिकित्सकले रिपोर्ट आएपछि मात्रै समस्या बारे जानकारी हुने बताएपनि ६ दिनसम्म रिपोर्ट नआउँदा समस्या भएको उनले बताए । उनले आफनोे आर्थिक अवस्था पनि कमजोर भएका कारण निजि अस्पतालमा सिटि स्क्यान गराउन सक्ने अवस्था नभएका कारण सेतीनै धाउनुपरेको बताए । उनले रिपोट आउन नै ६ दिन लाग्दा निकै समस्या भएको गुनासो गरे ।

Dengue

सेती प्रादेशिक अस्पतालका प्रमुख डाक्टर शेर बहादुर कमरले सिटिस्क्यान रिपोट आउन बढिमा एक दिन मात्र लाग्ने बताए । उनले भने हामीले एक दुई दिनमै रिपोट दिन्छौ । यो रिपोट किन ढिलो भयो यो बारे बुझ्ने उनले बताए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार