मञ्जुश्री फाइनान्सको धनगढी ब्रान्च देशभरमै उत्कृष्ट

काठमाडौँ : मञ्जुश्री फाइनान्स लिमिटेडको धनगढी ब्रान्च ‘बेस्ट ब्रान्च अफ द इयर’ बनेको छ । आर्थिक वर्ष २०८०/८१ मा उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै कम्पनीले धनगढी ब्रान्चलाई ‘बेस्ट ब्रान्च अफ द इयर’ घोषणा गरेको हो ।

धनगढी ब्रान्चले गत आर्थिक वर्षमा तोकिएको लक्ष्य पूरा गर्नुका साथै वर्षभरी गरेको उत्कृष्ट काम तथा कार्य सम्पादन मूल्यांकनका आधारमा ‘बेस्ट ब्रान्च अफ द इयर’ घोषणा गरिएको हो । ‘बेस्ट ब्रान्च अफ द इयर’को प्रमाणपत्र बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) तेज राज तिमिल्सिना र डेपुटी सीईओ पदम ठकुल्लाले धनगढी ब्रान्चका ब्रान्च मेनेजर हेमराज बिनाडीलाई हस्तान्तरण गरेका थिए ।

Dengue

‘बेस्ट ब्रान्च अफ द इयर’को प्रमाणपत्र ग्रहण गर्दै ब्रान्च मेनेजर बिनाडीले यो अविश्वसनीय उपलब्धि सम्पूर्ण टिमको परिश्रम र समर्पणको प्रमाण भएको बताएका छन् । उक्त उपलब्धि हासिल गर्न सहयोग गर्ने धनगढी ब्रान्चका सम्पूर्ण टिमलाई धन्यवाद दिँदै ब्रान्च मेनेजर बिनाडीले यो उपलब्धिले निकट भविष्यमा काम गर्ने थप उर्जा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् ।

साथै उनले कम्पनीको उच्च व्यवस्थापन टिमलाई पनि धन्यवाद व्यक्त गरेका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार