आज साउनको पहिलो सोमवर, देशभरका शिवालयमा भक्तजनको भीड

धनगढी : साउनको पहिलो सोमबार आज पशुपतिनाथ लगायतका शिव मन्दिरहरुमा बिहानैदेखि भक्तजनको भीड लागेको छ l

साउन महिना र सोमवारको दिनलाइ भगवान् शिवको विशेष महिना र बार मानिन्छ। त्यसैले साउनको पहिलो सोमवारका दिन आज शिव मन्दिरहरुमा भक्तजनको भीड लागेको हो।

Seti Hospital

शिवजीको पूजा आराधना एवम् दर्शन गर्नाले मनोकामना पूरा हुन्छ भन्ने धार्मिक विश्वासमा भक्तजनको भीड लागेको हो। साउन महिनाको सोमवार व्रत बसेर शिवको पुजा आराधना मनको इच्छा पूरा भई अटल सौभाग्य प्राप्त हुने धार्मिक विश्वास छ।

साउन महिनामै देशका विभिन्न शिवालयहरुमा दर्शन गर्न बोलबम यात्रा गरिन्छ। बोलबममा खाली खुट्टा हिडेर काठमाण्डौको सुन्दरीजलस्थित बागमतिको पवित्र जल पशुपतिनाथमा ल्याएर चढाउने गरिन्छ। साउन महिनामा हिन्दु धर्माबलम्वी महिलाहरुले सुख शान्ति र समृद्धीको प्रतिक हरियो बस्त्र र चुरा पोतेमा सजिएर ब्रत बस्दै भगवान शिवको आराधना गर्दछन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार