कैलालीमा तरकारीको भाउ ‘अचाक्ली’ बढेपछि उपभोक्ता मर्कामा, ग्राहक घटेपछि व्यापारीलाई ‘टेन्सन’

भक्तराज जोशी

कैलाली । कैलालीमा तरकारीको भाउ महँगिदै गएको छ । वर्षायाम सुरु भएयता कैलालीमा तरकारीको मूल्य तीन गुणासम्म वृद्धि भएको हो । गत साता परेको अविरल वर्षाका कारण खेतमै तरकारी कुहिएपछि र बाहिरबाट आयात गर्दा ढुवानी खर्च बढेपछि कैलालीमा तरकारीको मूल्यमा अस्वभाविक वृद्धि भएको व्यापारीहरुको भनाई छ । तर, मूल्यवृद्धिका कारण भने अहिले कैलालीका नागरिक थप समस्यामा परेका छन् ।

तरकारी किन्नकै लागी हाटबजार आएका धनगढी उपमहानगरपालिका वडा नम्बर ९ का स्थानीय टेक चन्द्र निरौलाले पनि तरकारीको भाउ महँगिदा समस्या भएको बताउँछन् । मूल्यवृद्धिकै कारण दुई साताअघिसम्म ७० मा पाइने तरकारीको मूल्य अहिले १ सय २५ रुपैयाँसम्म पुगेको उनको भनाई छ । उनका अनुसार स्थानीय उत्पादनमा आएको कमीका कारण तरकारी भाउ महँगिएको हो ।

Dengue

‘स्थानीय उत्पादनमा आएको कमी र बाहिरबाट आयात गर्नुपर्ने भएकाले तरकारी महँगिएको हो’, उनले भने, ‘यदि स्थानीय सरकारले तरकारी खेती गर्ने किसानलाई सहुलियत रुपमा मल तथा बिउको व्यवस्था गर्ने हो र उत्पादन बढाउने हो भने यो समस्या समाधान हुन्छ ।’ त्यस्तै, उनले आलु तथा प्याजको मूल्यमा भएको महँगि नियन्त्रणका लागि धनगढीमा ‘कोल्ड स्टोर’को आवश्यकता औँल्याएका छन् ।

त्यस्तै, अर्का स्थानीय भीम बहादुर ऐरले पनि तरकारीको उत्पादन र बजारीकरणमा ध्यान दिने हो भने तरकारीमा देखिएको मूल्यवृद्धिको आधा समस्या समाधान हुने बताएका छन् । उनले कैलालीमा कैलाली मात्र नभएर अन्य विभिन्न जिल्लाबाट पनि बसोबास गर्न नागरिकहरु आउने भएकाले तरकारीको मूल्यमा भएको अस्वभाविक वृद्धिका कारण आम तथा विपन्न वर्गका नागरिक थप मर्कामा परेको बताएका छन् ।

के भन्छन् व्यापारी ?
यता कैलालीको धनगढीस्थित हाटबजारमा तरकारी बेच्दै आएका रामलखनले बाढी तथा डुबान र उत्पादनमा आएको कमी र बाहिरबाट आयात गर्नुपर्ने भएकाले तरकारीको मूल्य बढेको स्वीकार्छन् । ‘यो बाढी र डुबानका कारण पनि तरकारीको मूल्य बढेको हो ।’, उनले भने, ‘अहिले स्थानीय तरकारी उत्पादन घटेको छ । बाहिरबाट आयात गर्नुपर्छ । त्यसैले तरकारी महँगिएको हो ।’ त्यस्तै, उनले तरकारीको मूल्य वृद्धि भएसँगै विगतको भन्दा तरकारी किन्न आउने ग्राहकको संख्या पनि घटेको बताएका छन् ।

अर्का व्यापारी राम निलम गुप्ताले पनि वर्षातको समयमा सडकहरु बन्द हुने भएकाले तरकारी आयात गर्न अप्ठ्यारो पर्ने हुँदा मूल्य अन्य समयको भन्दा महँगो भएको बताएका छन् । तर, स्थानीय उत्पादन बढेको खण्डमा भने तरकारीको मूल्य तुलनात्मक रुपमा सस्तो हुने उनको भनाई छ ।

बर्षायाममा तरकारीको मूल्य वृद्धि हुँदा व्यापारीसँगै उपभोक्त पनि अन्यौलमा पर्ने गरेको तरकारी व्यवसायी भवानसिंह चैसिरको भनाई छ । उनले तुलनात्मक रुपमा यो समयमा तरकारी किन्ने ग्राहक कम आउने भए पनि आउने जति पनि महँगो तरकारी किनौँ कि नकिनौँ भन्ने अन्यौलमा पर्ने गरेको बताएका छन् । साथै उनले अहिले व्यापार पनि कम भएको स्वीकारेका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार