धनगढी जेसिजको आयोजनामा आज पहिलो दिन बिरुवा वितरण

धनगढी : धनगढी जेसिजको आयोजनामा आजदेखि जेसिज सप्ताह सुरु भएको छ । समुदायसँग जेसिज नाराका साथ जेसिज सप्ताह सुरु भएको हो । सप्ताहको पहिलो दिन बिरुवा वितरण गरिएको छ ।

धनगढीको सहिद गेटमा सर्वसाधारणहरुलाई विभिन्न किसिमका बोटबिरुवाहरु वितरण गरिएको हो । विभिन्न किसिमका ५ सय ३४ वटा बिरुवाहरु वितरण गरिएको कार्यक्रमका संयोजक महेश्वर ओझाले जानकारी दिए । पर्यावरण संरक्षणका लागि बिरुवा वितरण गरेर जेसिज सप्ताह सुरु गरिएको छ ।

Dengue

साउन १२ गतेसम्म विभिन्न कार्यक्रम गरी जेसिज सप्ताह मनाईदैछ । मैत्रीपूर्ण फुुटसल, रक्तदान कार्यक्रम, वक्तृत्वकला प्रतियोगिता, स्वास्थ्य शिविर, प्रकरण गोष्ठी र शैक्षिक सामाग्री वितरण गरी साउन १२ गतेसम्म सप्ताह मनाइरहेको जेसिज सप्ताहका मूल संयोजक इन्जिनियर तर्कराज भट्टले जानकारी दिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार