कञ्चनपुरको ब्रम्हदेव बजार डुबानमा

कञ्चनपुर : कञ्चनपुरको ब्रम्हदेव बजार डुबानमाको उत्तरी चुरे क्षेत्र भएर बग्ने गहताडी खोलामा आएको बाढीले ब्रम्हदेव बजारसहित आसपासका गाउँबस्ती डुबानमा परेका छन् । गएरातिको भारी वर्षाका कारण गहताडी खोलाको सतह बढेर बस्तीमा पसेको भीमदत्त नगरपालिका-९ का वडा सदस्य नारायण सिंह महताले बताए ।

ब्रम्हदेव सीमावर्ती बजारमा ३ सय पसल डुबानमा परेका उनको भनाइ छ । ब्रम्हदेव र खल्लामछेट्टीको बीच भएर महाकालीमा मिसिने गहताडी खोला एक्कासी उर्लिएपछि बस्ती डुबानमा पर्नुको साथै खेतीयोग्य जमिन कटान भएको छ ।

Dengue

यस्तै भाँसी खोलाले भीमदत्त नगरपालिका–२ जनज्योती टोलदेखि भण्डारी टोल हुँदै निम्बुखेडासम्म तटीय क्षेत्रका स्थानीयका घर डुबानमा परेका छन् । भीमदत्त–१८ का वडाध्यक्ष रविन्द्रप्रसाद देवकोटाले उत्तरी भेग र पहाडमा परेको वर्षातले भाँसी खोलामा आएको बाढीले दर्जनौँ घर डुबानमा परेको बताए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार