कञ्चनपुरमा १ लाख बढीको भन्सार छलीका सामान बरामद

धनगढी : कञ्चनपुरमा १ लाख बढीको भन्सार छलीका सामान बरामद गरिएको छ।

इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी टोलीले करिब एक लाख २ हजार, अस्थायी प्रहरी पोष्ट बन्साहले करिब १० हजार पाँच सय र अस्थायी बिट मझगाउँले करिब ८ हजार ४२० गरेर एक लाख २० हजार ९२० मूल्यको भन्सार छलीको सामान बरामद गरेको हो ।

Dengue

उक्त मूल्यको पेय पदार्थ, एक थान साइकल, बिडी, सलाई र प्लाष्टिकको डोरी बरामद गरी आवश्यक कारबाहीका लागि भन्सार कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार