भ्रष्टाचार गर्दैनौं, सहँदैनौं र कसैलाई गर्न दिँदैनौं : प्रधानमन्त्री ओली

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार नगर्ने, नसहने र कसैलाई भ्रष्टाचार गर्न नसदिने बताउनुभएको छ । आइतबार प्रतिनिधि सभामा विश्वासको मत माग्नुहुँदै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो ।

उहाँले भ्रष्टाचार अख्तियारका विषयसँग जोडिएका विषयको छानविन तथा अनुसन्धान गरिने बताउनुभयो । उहाँल कुनै कालखण्डमा भएका भ्रष्टचार र जो कोही भ्रष्टाचारी उपर कानुनी कारबाही अघि बढाउने बताउनुभयो ।

Dengue

प्रधानमन्त्री ओलीले भ्रष्टाचार एक दिन कानुनी कठघरामा उभिनुपर्छ भन्ने भाष्य समाजमा स्थापित गराउने जानकारी दिनुभयो । उहाँले सहकारीपीडितका सम्बन्धमा उचित निणय लिने बताउनुभयो । उहाँले जो कोही भएपनि सहकारी ठगलाई कानुनी कारबाही गर्ने बताउनुभयो । उहाँले सुशानका लागि स्टण्ड नभएर सही विचार चाहिने औंल्याउनुभयो ।

‘‘एउटा कुरा खुलस्त भन्न चाहन्छु । दुनियाँका अगाडि दुनियाले सुन्नेगरी भन्न चाहन्छु । भ्रष्टाचार गर्दैनौं । भ्रष्टाचार सहदैनौं र कसैलाई भ्रष्टाचार गर्न दिँदैनौं । भ्रष्टाचार अख्तियारका विषयसँग जोडिएका विषयको छानविन तथा अनुसन्धान गर्छौं । यसमा ढुक्क भए हुन्छ । कुनै कालखण्डमा भएका भ्रष्टचार र जो कोही भ्रष्टाचारी उपर कानुनी कारबाही अघि बढाउँछौं ।,’’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘‘भ्रष्टाचार एक दिन कानुनी कठघरामा उभिनुपर्छ भन्ने समाजमा स्थापित गराउँछौं । सहकारीपीडितका सम्बन्धमा उचित निणय लिने छौं । जो कोही भए पनि सहकारी ठगलाई कानुनी कारबाही गर्ने छौं । सशुासनका लागि स्टण्ड होइन सही इन्टेन्सन चाहिन्छ । सरकारले आफू अग्लो र अरुलाई होचो बनाउने काम गर्ने छैन ।’’

उहाँले सरकारले आफू अग्लो र अरुलाई होचो बनाउने काम गर्ने बताउनुभयो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार