७० वर्ष कटेकालाई राष्ट्रिय परिचय बनाउन बाध्य नपारौं : एमाले सांसद पन्त

काठमाडौं : नेकपा एमालेका सांसद रघुजी पन्तले ७० वर्ष नाघेका ज्येष्ठ नागरिकलाई राष्ट्रिय परिचयपत्र बनाउन बाध्य नपार्न सरकारलाई आग्रह गरेका छन् ।

आइतबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै उनले वृद्धभत्ता मात्र लिने व्यक्तिका लागि राष्ट्रिय परिचयपत्र आवश्यक नभएको बताए ।

Dengue

‘जसलाई वृद्धभत्ता मात्र लिनु छ उनीहरुलाई राष्ट्रिय परिचयपत्र किन चाहियो ?’, उनले प्रश्न गरे । काठमाडौं महानगरपालिकाका वडा कार्यालयमा राष्ट्रिय परिचयपत्र बनाउन धेरै ज्येष्ठ नागरिक लाइन बसेको भन्दै सांसद पन्तले यसमा गृह मन्त्रालयको ध्यान जान जरुरी रहेको बताए ।

‘काठमाडौं महानगरका वडाध्यक्ष र वडा सदस्यहरुले परिचय पत्र लिनेहरुका कारण अप्ठेरो भयो भन्नुभएको छ, ज्येष्ठ नागरिकहरुले दिनका दिन लाइन बस्नुपर्ने यो बुढेशकालमा हामीलाई के दुख आइलाग्यो भन्नुभएको छ’, उनले भने ।

सरकारले साउन १ देखि सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णय गरेको थियो ।

यद्यपि प्रचण्ड नेतृत्वकै मन्त्रिपरिषदले यो निर्णय फिर्ता लिएको पनि सार्वजनिक भएको थियो । सांसद पन्तले गृह मन्त्रालयले उक्त निर्णय तत्काल तल्लो निकायलाई परिपत्र गर्न जरुरी रहेको बताए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार