कास्कीको पोखरामा गाडीले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

काठमाडौँ : कास्कीको पोखरा महानगरपालिका-६ हल्लन चोकमा गाडीले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

आज बिहान ग ३ च ३४५७ नम्बरको हाइलक्स गाडी र ग ११ प ९१ नम्बरको मोटरसाइकल आपसमा ठोक्किदा मोटरसाइकल चालक २६ वर्षीय ईश्वर परियार घाइते भएका थिए ।

Dengue

उनलाई गण्डकी मेडिकल कलेज पठाइएकोमा बिहान ६:४३ मा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

वडा प्रहरी कार्यालय बैदामको टोलीले हाइलक्स गाडी चालक बर्दियाको ठाकुरबाबा नगरपालिका-८ स्थायी घर भई हाल कास्कीको पोखरा महानगरपालिका-१७ ड्यामसाइड बस्ने ३० वर्षीय सुशील दहितलाई नियन्त्रणमा लिएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार