तोलामा १३ सयले घट्यो सुनको मूल्य

काठमाडौँ : आइतबार नेपाली बजारमा सुनको मूल्य तोलामा १३ सय रुपैयाँले घटेको छ । अघिल्लो साताको अन्तिम कारोबार दिन शुक्रबार प्रतितोला १ लाख ४७ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आइतबार १३ सय रुपैयाँले घट्दै १ लाख ४६ हजार २ सय रुपैयाँमा झरेको हो । 

यस्तै आज तेजाबी सुनको मूल्य पनि तोलामा १३ सय रुपैयाँले नै घट्दै १ लाख ४५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  यता चाँदीको मूल्य भने आज तोलामा २० रुपैयाँले घट्दै १ हजार ८ सय १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । अघिल्लो शुक्रबार चाँदी प्रतितोला १ हजार ८ सय ३० रुपैयाँमा कारोबार भएको थियो ।

dashain shuvakamana
Discovery School

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार