कैलालीका ५ पालिकामा पोषण कार्यक्रम लागू

धनगढी : कैलालीको गोदावरी नगरपालिका सहित ५ वटा पालिकाहरुमा पोषण कार्यक्रम सुरु भएको छ । आईतबार देखी जिल्लाका ५ वटा पालिकाहरुमा उक्त कार्यक्रम लागु भएको हो ।

केयर नेपाल र आईडी नेपालको साझेदारी तथा याक नेपालको सहकार्यमा पहिलो चरणमा १० महिनाका लागि पोषण कार्यक्रम लागू भएको बताईएको छ । जिल्लाका गोदावरी, भजनी र घोडाघोडी नगरपालिका सहित कैलारी र जानकी गाउँपालिकामा उक्त कार्यक्रम लागु भएको हो ।

Dengue

उक्त कार्यक्रमको धनगढीमा एक औपचारीक समारोहका बिच उद्घाटन गरिएको छ । याक नेपालका अध्यक्ष बलबहादुर रोकायाको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख खगराज भुषाल प्रमुख अतिथि रहेका थिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार