बैतडीकी ममता मंगोला अझै भेटिइनन् !

बैतडी : बैतडीमा महाकाली किनारबाट बेपत्ता भएकी ममता मंगोला अझै भेटिएकी छैनन् । पञ्चेश्वर गाउँपालिका २ डिम्बरकी १५ वर्षीया ममता बिहीबारदेखि बेपत्ता रहेकी जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिए ।

महाकाली नदी किनारतिर बाख्रा चराउन गएकी ममता बिहीबार दिउँसो साढे २ बजेदेखि बेपत्ता रहेकी र अझै फेला नपरेकी उनले बताए ।

Dengue

स्थानीय र प्रहरी मिलेर ममताको खोजी कार्य जारी राखेको छ । बालिका महाकाली नदीमा बगेको हुन सक्ने अनुमानसहित महाकाली नदी किनारमा समेत खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार