सुदूरपश्चिमको उच्च अदालतले आर्थिक वर्ष ९० प्रतिशत मुद्दा फस्र्योट

धनगढी : सुदूरपश्चिमको उच्च अदालतले आर्थिक वर्षभन्दा २०८०/८१ ९० प्रतिशत मुद्दा फस्र्योट गरेको छ । जुन विगतका १० वर्षमा बसैभन्दा बढी । जम्मा १ हजार ३६ थान मुद्दामध्ये ९३७ थान मुद्दा फस्र्योट गरिएको निमित्त रजिस्ट्रार तारादत्त बडूले बताए । उनका  अनुसार दर्ता भएका र जिम्मेवारी सरेकामध्ये ९९ थान मुद्दा मात्रै बाँकी छन । जसमध्ये छ महिना अवधि कटेका नौ थान मुद्दा मात्रै बाँकी छन ।

उच्च अदालत दिपायलबाट आव २०७९/८० मा ७३.२४ प्रतिशत मुद्दा फस्र्योट गरिएको थियो । त्यसअघि २०७८/७९ मा ६२.२१ प्रतिशत मुद्दा फस्र्योट गरिएको थियो । उच्च अदालत तथा मातहतका अदालतमा भर्चुअल विधिबाट बहस हुन थालेपछि कार्यसम्पादनमा सहजता हुँदै गएको उच्च अदालत दिपायलका न्यायाधीश डालकुमार खड्काले बताए ।

Dengue

आव २०८०/८१ मा श्रव्यदृश्यमार्फत बहसका लागि एक हजार १४० निवेदन परेका थिए । जसमध्ये ७२३ थान मुद्दामा सो विधिबाट बहस भएको थियो भने ११ थान बकपत्र लिइएको थियो । उच्च अदालत दिपायलले गत आवमा ८२९ थान (६९.३१ प्रतिशत) मुद्दा फस्र्योट गर्ने लक्ष्य लिएको थियो । अदालतले आफ्नो वार्षिक अनुमानित लक्ष्यभन्दा बढी ९०.४४ प्रतिशत मुद्दा फस्र्योट गरेको हो । अदालतले सरल, सामान्य, विशेष गरेर मार्ग समूह अनुसार मुद्दा फस्र्योट गर्ने गरेको छ ।

यता कैलाली जिल्ला अदालतले २ हजार ९१२ थान मुद्दा फस्र्योट गरेको छ । जहाँ ४ हजार १९३ थान मुद्दा दर्ता भएका थिए । कैलाली जिल्ला अदालतले ६९.४५ प्रतिशत मुद्दा फस्र्योट गरेको हो ।

कञ्चनपुर जिल्ला अदालतले ५३.०४ थान मुद्दा फस्र्योट गरेको छ । त्यहाँ दर्ता भएका दुई हजार २२९ थान मुद्दामध्ये एक हजार दुई सय थान मुद्दा फस्र्योट गरिएको हो ।

त्यस्तै डोटी जिल्ला अदालतले ७१.१७ प्रतिशत मुद्दा फस्र्योट गरेको छ । डोटी जिल्ला अदालतमा दर्ता भएका १११ थान मुद्दामध्ये ७९ थान मुद्दा फस्र्योट गरिएको हो ।

त्यसै गरी बझाङ जिल्ला अदालतले ७३.८७ प्रतिशत मुद्दा फस्र्योट गरेको छ । त्यहाँ जम्मा २२२ थान मुद्दा दर्ता भएकोमा १६४ थान मुद्दा फस्र्योट गरिएको हो ।

अछाम जिल्ला अदालतले ६६.४४ प्रतिशत मुद्दा फस्र्योट गरेको छ । त्यहाँ जम्मा १५२ थान मुद्दा दर्ता भएकोमा १०१ थान मुद्दा फस्र्योट गरिएको हो ।

डडेलधुरा जिल्ला अदालतले ६६.९५ प्रतिशत मुद्दा फस्र्योट गरेको छ । त्यहाँ जम्मा २३३ थान मुद्दा दर्ता भएकोमा १५६ थान मुद्दा फस्र्योट गरिएको हो ।

दार्चुला जिल्ला अदालतले ७३.६६ प्रतिशत मुद्दा फस्र्योट गरेको छ । उक्त अदालतमा जम्मा २४४ थान मुद्दा दर्ता भएकोमा १६५ थान मुद्दा फस्र्योट गरिएको हो ।

बैतडी जिल्ला अदालतले ७१.४२ प्रतिशत मुद्दा फस्र्योट गरेको छ । जम्मा १७५ थान मुद्दा दर्ता भएकोमा १२५ थान मुद्दा फस्र्योट गरिएको हो ।

त्यस्तै बाजुरा जिल्ला अदालतले ५४ प्रतिशत मुद्दा फस्र्योट गरेको छ । सो अदालतमा जम्मा १४९ थान मुद्दा दर्ता भएकोमा ८० थान मुद्दा फस्र्योट गरिएको हो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार