बंगलादेशमा हिंसा काबुबाहिर गएपछि देशब्यापी कर्फ्यु : ३५ जनाको मृत्यु

काठमाडौ : बंगलादेशमा सरकारले आन्दोलन काबुबाहिर जान थालेपछि देशव्यापी कर्फ्यु लगाएको छ। आरक्षणबिरोधी आन्दोलन क्रममा हिंसा भड्किएपछि कर्फ्यु लगाइएको हो।

आरक्षण बिरोधी आन्दोलनमा हालसम्म ३५ जनाको मृत्यु भइसकेको छ। बंगलादेशमा सन् १९७१ को स्वतन्त्रता संग्राममा भाग लिने स्वतन्त्रता सेनानी परिवारका लागि सरकारी जागिरमा ३० प्रतिशत आरक्षण छ । जसको बिरोधमा युवा र विद्यार्थीले आन्दोलन गरेका हुन्। 

Dengue

आन्दोलनपछि तीन दिनदेखि नेपाली विद्यार्थीहरुले बंगलादेश छाडेका छन्। बंगलादेशका विभिन्न शैक्षिक संस्थामा अध्ययनरत करिब ४०० जना नेपाली विद्यार्थी  अन्तराष्ट्र्रिय विमानस्थल तथा भारतको सीमा हुँदै  नेपाल आइपुगेका छन्।

केही विद्यार्थीहरु अझै त्यही रहेको बुझिएको छ। जो नेपाल फर्किन खोजेपनि कर्फ्युका कारण रोकिएका छन्। 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार