बैतडीको मेलौलीमा आँखा उपचार केन्द्र सञ्चालनमा

बैतडी : बैतडीको मेलौली नगरपालिकाले आँखा उपचार केन्द्र सञ्चालनमा ल्याएको छ । नेपाल नेत्रज्योती संघ गेटा आँखा अस्पताल र सेभा फाउण्डेसनको सहकार्यमा नगरपालिकाले आँखा उपचार केन्द्र सञ्चालनमा ल्याएको हो ।

उक्त आँखा उपचार केन्द्रको शुक्रबार एक कार्यक्रमका बिच नगरप्रमुख भीमबहादुर चन्दले उद्घाटन गरेका छन । उद्घाटन पश्चात बोल्दै उनले आँखासम्बन्धी उपचार सेवा दिने लक्ष्यका साथ केन्द्र सञ्चालनमा ल्याईएको बताए ।

Dengue

उनले केन्द्र सञ्चालनमा आउँदा नगरबासीहरुलाई आँखाको उपचारमा सहज हुने अपेक्षा रहेको बताए । उनले नागरिकको आधारभूत स्वास्थ्य सेवामा पहुँच पु¥याउन नगरपालिकाले पहल गरिरहेको बताए । आँखा उपचार केन्द्रमा एकजना नेत्र सहायकले सेवा प्रदान गर्ने व्यवस्था मिलाइएको बताईएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार