टी-२० महिला एसिया कपमा नेपाल विजयी

काठमाडौँ : टी–२० महिला एशिया कप क्रिकेटमा नेपाली टोलीले विजयी शुरूआत गरेको छ । समूह एमा रहेको नेपालले यूएईलाई ६ विकेटले पराजित गरेको हो । 

ओपनर सम्झना खड्काले अर्धशतकीय पारी खेलेपछि पहिलो खेलमा नेपाल सहजै विजयी भएको हो । नेपालले २३ बल बाँकी हुँदै पहिलो जीत दर्ता गर्‍यो ।​ 

Dengue

श्रीलंकामा भएको खेलमा पहिले फिल्डिङ गर्दै नेपालले यूएईलाई ११५ रनमा रोकेको थियो । 

नेपालको लागि खड्काले पहिलो अर्धशतक प्रहार गरेकी हुन् । उनले ४५ बलमा नटआउट रहँदै ११ चौकाको मद्दतमा ७२ रन बनाइन् । 

पूजा महतोले ७ रन बनाइन् । 

नेपालको लागि सीता मगरले ७, रुविना क्षेत्रीले १०, कप्तान इन्दु बर्माले ६, कविता कुँवरले २ रन बनाए । 

समूह एमा आजै राति भारत र पाकिस्तान भिड्दैछन् । 

बलिङतर्फ कप्तान बर्माले ४ ओभरमा १९ रन दिएर ३ विकेट लिएकी थिइन् ।​

शवनम राई र कृतिका मरासिनीले १/१ विकेट लिए । यूएईका लागि खुशी शर्माले सर्वाधिक ३६ बनाइन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार