सेयर बजारमा उछालको यात्रा : एक हप्तामा झन्डै २२० अंकले बढ्यो !

काठमाडौं : यो साता सेयर बजारमा उथलपुथल भएको छ । यो संगै बजारमा बुलको चर्चा चुलिएको छ । साताको कारोबारको ४ दिन भारी अंकले बढेको बजार दोस्रो दिन भने दोहोरो अंकले घटेको थियो । आइतबार झन्डै ५३ अंकले बजार उकालो लागेको थियो ।

सत्तारोहणसंगै एमालेका विष्णु पौडेलले सोमबार अर्थमन्त्रीको शपथ ग्रहण गरे । सो दिन भने बजारमा दोहोरो अंकको गिरावट देखियो । सेयर बजार बुझेका व्यक्तिलाई अर्थमन्त्री पाउने हल्ला सुरु भएदेखि नै उछाल छाउन थालेको बजारमा शपथ ग्रहणको दिन भने लगानीकर्ताले अर्थमन्त्री विष्णु पौडेललाई रातो खाँदाले स्वागत गरेका थिए ।

Dengue

यद्यपि, त्यस यता भने बजारले पछाडि फर्कनु परेको छैन । लगातार सकारात्मक सर्किट हान्दै आइरहेको बजारले साताको कारोबारको अन्तिम दिनसम्म आइपुग्दा पुरानो लय समातेको छ । अर्थात्, २४ सयको विन्दुमा उक्लिएको छ ।

आइतबार ५२ दशमलव ९७ अंकले बढेर २२५७ दशमलव ५९ को विन्दुमा पुगी कारोबार सुरु गरेको बजारले अन्तिम दिनसम्म आइपुग्दा २४२४ दशमलव ३२ को विन्दु छिचोलेको छ ।

यो साता समग्र बजार परिसूचक २१९ दशमलव ७१ अंकले बढेको छ । जसमा ५३ अर्ब ९ करोड ८६ लाख ३१ हजारको कारोबार भएको छ । गत साता बजार परिसूचक ८४ दशमलव ९२ अंकले बढेको थियो जसमा कुल कारोबार २८ अर्ब ९३ करोड ३५ लाख रुपैयाँको भएको थियो ।

साताको कारोबारको पहिलो दिन नेप्से परिसूचक ५२ दशमलव ९७ अंकले बढेर २२५७ दशमलव ५९ को विन्दुमा पुगेको थियो । ३०९ कम्पनीका ९६ हजार २ सय ७४ पटकको कारोबारमा २ करोड २० लाख ४७ हजार ३ सय २७ कित्ता सेयर खरिद बिक्री भएको थियो । जसमा कारोबार रकम ७ अर्ब ६२ करोड ४ लाख ९८ हजार ५ सय २० रुपैयाँ रहेको थियो ।

आइतबार १३ वटै कम्पनीमा हरियाली छाउँदा जीवन बीमा २२० दशमलव ८५ अंकले बढेको थियो । त्यस्तै, निर्माण कम्पनी १७४ दशमलव ३७ अंकले र निर्जीवन बीमा कम्पनी १४० दशमलव ४८ अंकले बढेको थियो ।

साताको कारोबारको दोस्रो दिन सेयर बजार परिसूचक १७ दशमलव १८ अंकले घटेर २२४० दशमलव ४१ को विन्दुमा पुगेको थियो । सोमबार ३२२ कम्पनीको १ लाख २ हजार ३ सय ७२ पटकको कारोबारमा २ करोड ५० लाख ७९ हजार ७९ कित्ता सेयर खरिद बिक्री भएको थियो ।

जसमा कारोबार रकम ८ अर्ब ७३ करोड १४ लाख ३६ हजार रुपैयाँ रहेको थियो । हाइड्रोपावर, निर्माण कम्पनी, इन्भेष्टमेन्ट र म्युचुअल फण्ड सामान्य अंकले बढ्दा ९ वटा घटेका थिए जसमा सर्वाधिक घट्नेमा जीवन बीमा र निर्जीवन बीमा रहेका छन् ।

साताको कारोबारको तेस्रो दिन नेप्से परिसूचक ७० दशमलव १८ अंकले बढेर २३१० दशमलव ५९ को विन्दुमा पुगेको थियो । ३१५ कम्पनीको १ लाख १९ हजार ११ पटकको कारोबारमा २ करोड ५८ लाख ३६ हजार २ सय ८५ कित्ता सेयर खरिद बिक्री भएको थियो ।

जसमा कारोबार रकम ९ अर्ब १३ करोड ८६ लाख २९ हजार ६ सय ४२ रुपैयाँ रहेको थियो । म्युचुअल फन्ड झिनो अंकले घट्दा निर्जीवन बीमा, जीवन बीमा, होटेल र पर्यटन, विकास बैंक सर्वाधिक बढेका थिए ।

बुधबार नेप्से परिसूचक ५४ दशमलव ०४ अंकले बढेर २ हजार ३६४ दशमलव ६३ अकंमा पुगेर बन्द भएको थियो । बुधबार ३०६ कम्पनीको ३ करोड २० लाख ९५ हजार ९३७ कित्ता सेयर १२ अर्ब ५ करोड ९२ लाख ६६ हजार ११३ रुपैयाँमा खरिदबिक्री भएको थियो ।

बुधबार बैंकिङ समूह २  दशमलव ०८ प्रतिशत, विकास बैंक समूह ४ दशमलव ०९ प्रतिशत, फाइनान्स समूह ५ दशमलव ५० प्रतिशत, होटल तथा पर्यटन समूह ५ दशमलव ५५ प्रतिशत, जलविद्युत समूह १ दशमलव ७१ प्रतिशत, लगानी समूह १ दशमलव ५३ प्रतिशत, जीवन बीमा समूह २ दशमलव १८ प्रतिशत, म्यानुफ्याक्चरिङ समूह ३ दशमलव ०२ प्रतिशत, लघुवित्त समूह १ दशमलव ८४ प्रतिशत बढेको छ ।

साताको कारोबारको अन्तिम दिन नेप्से परिसूचक ५४ दशमलव ६८ अंकले बढेर २४२४ दशमलव ३२ को विन्दुमा पुगेको थियो । ३१२ कम्पनीका १ लाख ८४ हजार ७ सय १२ पटकको कारोबारमा ३९ करोड ९३ लाख ८ हजार २ सय ३७ कित्ता सेयर खरिद बिक्री भएको थियो ।

जसमा कारोबार रकम १५ अर्ब ५४ करोड ८८ लाख ७ सय ३८ रुपैयाँ रहेको थियो । १३ उपसमूहमध्ये म्युचुअल फण्ड र हाइड्रोपावर सामान्य घट्दा ११ वटा बढेको थियो । जसमा सर्वाधिक बढ्नेमा जीवन बीमा, निर्जीवन बीमा र माइक्रोफाइनान्स कम्पनी रहेका थिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार