धनगढीस्थित विमानस्थललाई डिजिटल स्मार्ट बोर्ड हस्तान्तरण

धनगढी : धनगढीस्थित विमानस्थललाई सुदूरपश्चिम प्रदेश सरकारका स्वास्थ्य, महिला तथा बालबालिका मन्त्री ओम विक्रम भाट ‘सरल’ले डिजिटल स्मार्ट बोर्ड हस्तान्तरण गरेका छन् । प्रादेशिक स्वास्थ्य प्रवर्द्धन केन्द्रको समन्वयमा मन्त्री भाटले बिहीबार बोर्ड हस्तान्तरण गरेका हुन् ।

विमानस्थलका प्रमुखले मन्त्री भाटबाट स्मार्ट बोर्ड बुझेका थिए । स्वास्थ्य तथा सुरक्षा सम्बन्धी जनचेतनामूलक सामग्री प्रदर्शनीका लागि उक्त बोर्ड हस्तान्तरण गरिएको बताइएको छ ।

Dengue

सो बोर्डमा यात्रुलाई जनचेतनामूलक सूचना देखाउने, स्वास्थ्य सम्बन्धी र विमानस्थल सुरक्षाका लागि सूचना तथा जानकारीहरु प्रदर्शनी गराइने जनाइएको छ । बोर्ड विमानस्थलले आफ्नो क्षेत्रमा लगाउनेछ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार