मेहेन्दी लगाउदै हुनुहुन्छ ? होशियार ! मिर्गौलादेखि क्यान्सरसम्मकाे खतरा

एजेन्सी : साउन महिनामा मेहेन्दी लगाउने प्रचलन निकै बढेको छ। हरियो चुरा र मेहेन्दी लगाउनैपर्छ भन्ने धार्मिक मान्यता नभए पनि पछिल्लो समय यसको प्रयोग फेसनकै रुपमा बढ्दो छ। तर सुन्दर हुन लगाइने मेहेन्दीको असर खतनाक हुनसक्ने देखिएको छ।

सुन्दर र आर्कषक देखिने होडबाजीमा मेहन्दी कति सुरक्षित छ भन्ने हेक्का धेरैलाई नहुनसक्छ। कृतिम रुपमा बनाइने मेहेन्दीमा छालाका लागि हानिकारक केमिकल वा रसाइन मिसाइएको हुन्छ। जुन केमिकल स्वास्थ्यका लागि निकै हानिकारक मानिन्छ। यसबाहेक प्राकृतिक मेहेन्दीले पनि केही व्यक्तिमा रियाक्सन गर्ने हुँदा एक्जिमा र इरिटेन्ट एलर्जीको समस्या देखिनसक्छ।

Dengue

अहिले बजारमा पाइने तयारी मेहेन्दीमा रंग गाडा बनाउन तथा रंग लामो समयसम्म टिकाउन प्रयोग हुने केमिकलले पनि छालाई असर गर्ने गर्छ। कतिपय मेहेन्दी रगतमा छिरेर शरीरभर एलर्जी हुनुका साथै क्यान्सरको जोखिम समेत बढाउने गरेको विभिन्न अध्ययनले देखाएको वरिष्ठ सौन्दर्यविद् सुस्मा महरा बताउँछन्।

मेहेन्दी लगाउँदा छाला चिलायो, पोल्यो, सकसक केही कुरा हिँडेको जस्तो गर्यो, सुन्नियो, पानीफोका निस्कियो भने त्यस्तो छालामा मेहेन्दी नलगाउन उनको सुझाव छ। केमिकलयुक्त मेहन्दीको निरन्तर प्रयोगले दीर्घकालीन असर पर्ने उनको भनाइ छ।

केमिकलयुक्त मेहन्दी शरीरको छालाबाट शरीरको भित्री अंगमा पुग्छ र त्यो केमिकलकै कारण मिर्गौलामासमेत जोखिम हुनसक्छ। ‘मेहेन्दीको केमिकलकै कारण मिर्गौलामा समस्या हुने तथा क्यान्सर हुने जोखिम बढ्नसक्छ ’, उनले भनिन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार