चितुवाको आक्रमणबाट एक बालकको मृत्यु

तनहुँ : तनहुँमा चितुवाको आक्रमणबाट एक बालकको मृत्यु भएको छ । प्रहरीका अनुसार बन्दीपुर–४ सालथानका जीतबहादुर अछामीका ११ वर्षीय छोरा सुन्दरको चितुवाको आक्रमणबाट मृत्यु भएको हो ।

बिहीबार बेलुकी सवा ८ बजे गाईगोठबाट घरतर्फ फर्किने क्रममा चितुवाले बालकलाई आक्रमण गरी घाइते बनाएकोमा बन्दिपुर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार