बझाङमा रिचार्ज कार्ड चोरी गर्ने एक युवक पक्राउ

बझाङ : बझाङमा रिचार्ज कार्ड चोरी गर्ने एक युवक पक्राउ परेका छन् । छबिसपाथिभेरा गाउँपालिका-१ बस्ने २५ वर्षीय हिक्मत गिरी पक्राउ परेका हुन् ।

गत असार २९ गते उक्त वडास्थित भाडेबजारमा पसल सञ्चालन गदै आएका दमन रावत, कुम्भराज उपाध्याय र दिनेश किको पसलबाट रिचार्ज कार्ड र नगद चोरी गरेको भन्दै अस्थायी प्रहरी पोष्टमा निवेदन परेको थियो । प्रहरीका अनुसार उनी बिहीबार सदरमुकाम चैनपुर बजारमा रिचार्ज कार्ड बेचिरहेको अवस्थामा फेला परेका थिए ।

Dengue

गिरीलाई २० हजारको रिचार्ज कार्ड १३ हजार ८ सय ९५ नगदसहित नियन्त्रण लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी किशोर जोशीले बताए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार