यश कुमारको नयाँ गीत ‘हिरो’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं : गायक तथा अभिनेता यश कुमारले नयाँ गीत ‘हिरो’ बजारमा ल्याएका छन् । बुधबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच यो गीतको भिडियो सार्वजनिक गरिएको हो ।

सार्वजनिक गीतमा गायक यश कुमारको नै शब्द, संगीत र स्वर सुन्न सकिन्छ । यो गीतको भिडियोमा अभिनेत्री गरिमा शर्मा, दिपेन्द्र सोनाम र रोजेन सुन्दासको अभिनय रहेको छ । साथै, गीतको भिडियोमा गायक यश कुमार पनि अतिथि भुमिका देखिएका छन् ।

Dengue

यो गीतको भिडियोलाई निर्देशक निकेश खड्काले निर्देशन गरेका हुन् । यो उनलको यशसँग पाँचौं सहकार्य हो । यश र निकेश एकअर्कालाई आफ्नो लक्की चार्म मान्ने गर्छन् । पाँचौँ सहकार्य पनि फलदायी हुने विश्वास उनीहरुको छ ।

‘हिरो’ गीतको भिडियो मार्फत गायक यश कुमारले आत्माहत्या दुरुत्साहनको मुद्दा उठान गरेका छन् । पछिल्लो समय सानो सानो कुरालाई लिएर आत्माहत्याका केशहरु बढि रहेकाले पनि आफूलाई यो मुद्दा उठाउनु पर्छ भन्ने लागेकाले हिरो गीत निर्माण गरेको बताए ।

यो गीतमा हरि हुँमागाईको छायांकन, बिकास धमलाको सम्पादन रहेको छ । यस्तै, गायक यश कुमारले बिहीबार नै आफ्नो २६ वर्ष पुरानको सुपरहिट गीत हिजो अर्कैसँग देखेको फिमेल भर्सन समेत सार्वजनिक गरेका थिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार