मेरो कपाल फुल्न थाल्यो, के गरौं ?

एजेन्सी : उमेर बढ्दै जाँदा छालासँगै कपालमा पनि बुढ्यौलीका लक्षणहरू देखिन थाल्छन् । उमेर बढ्दै जाँदा कपाल सेतो हुन थाल्छ, जसको संख्या बिस्तारै बढ्दै जान्छ । कपाल सेतो फुल्न थाल्यो, अब के गरौं, भन्नु भन्दा अघि फुल्ने कारण जान्नु जरुरी छ ।

हार्वर्ड र युनिभर्सिटी अफ साओ पाउलोले संयुक्त रुपमा गरेको एक अध्ययनले कपाल फुल्नुको पछाडिको विज्ञान पत्ता लगाएको छ । यस रिपोर्टमा भनिएको छ कि शरीरमा रहेको मेलानोसाइट स्टेम सेलका कारण कपाल सेतो हुन थाल्छ । यी स्टेम सेलहरूले शरीरमा मेलानिन उत्पादन गर्छन्, जसले कपाल र छालालाई रङ दिन्छ । जब ती स्टेम सेलहरूको संख्या कम हुँदै जान्छ तब कपाल फुल्न थाल्छ । वैज्ञानिकहरूले गरेको यस अध्ययनमा मेलानिन बाहेक धेरै बाह्य कारणले पनि कपाल सेतो हुनेको कारण हुनसक्ने बताएको छ ।

हाम्रो शरीरका रौंहरूमा मेलानिन नामक पिगमेन्ट सेल्स पाइन्छ । यी सेल्सले कपाललाई रङ दिन्छन् । तर समयसँगै पिगमेन्ट सेल्स मर्दै जान्छ र कपाल सेतो हुन थाल्छ ।

उमेर भन्दा अघि कपाल फुल्ने कारण

वंशाणुगत कारण

उमेर भन्दा अघि कपाल फुल्नुको मुख्य कारणमध्ये एक वंशाणुगत हो । कुन उमेरमा कपालले पिगमेन्ट गुमाउँछ भन्ने वंशाणुगत तत्त्वले निर्धारण गर्छ । केही व्यक्तिको २० वर्ष नहुँदै पिगमेन्ट हराउन थाल्छ र कपाल सेतो हुन्छ । यो समस्या सिधै जिनसँग जोडिएको हुनसक्छ । अर्थात्, आमा–बुवा वा हजुरबा–हजुरआमाको समयभन्दा अगाडि नै कपाल फुल्ने समस्या थियो भने उनीहरूको सन्तानमा पनि यस्तो हुन सक्छ ।

धुम्रपान

कम उमेरमा कपाल फुल्नुमा धुम्रपानको पनि सम्बन्ध हुन्छ । चुरोट वा सुर्तीजन्य पदार्थ सेवन गर्दा रक्तनली साँघुरो हुन्छ र कपालको जरामा पर्याप्त रगत पुग्दैन । यो पनि कम उमेरमा कपाल फुल्नुको कारण हो ।

तनाव

तनावले शरीरका साथै कपाललाई पनि नोक्सान पुर्‍याउँछ । तनावका कारण मेलानोसाइडलाई नष्ट गर्ने खालको रसायन उत्पादन हुन्छ, जसले गर्दा कपाल फुल्छ । तनावका कारण निद्रा नलाग्ने, चिन्ता लाग्ने, भोक नलाग्ने, उच्च रक्तचाप जस्ता समस्या पनि आउन सक्छन् । धेरै तनाव लिने व्यक्तिको कपाल समयभन्दा पहिले नै सेतो हुन थाल्छ भनेर विभिन्न अनुसन्धानले पनि भनेका छन् ।

पोषक तत्त्वको कमी

शरीरमा कतिपय पोषक तत्त्व अभाव भएमा कपाल फुल्छ । जस्तो भिटामिन बी–६, बी–१२, बायोटिन, भिटामिन डी वा भिटामिन ई, खनिज र प्रोटिनको कमीले कपालमा प्रभाव पार्न सक्छ र कपाल फुल्न सक्छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार