बैतडी- बैतडीमा पहिरोले भान्सा घर भत्किँदा दुई जना घाइते भएका छन् । शिवनाथ गाउँपालिका–१ स्वालाका हरिसिंह चौक्यालको भान्सा घर भत्किँदा उनका १६ वर्षीय छोरा टेकेन्द्र चौक्याल र २२ वर्षीया छोरी करिश्मा चौक्याल घाइते भएकी हुन् ।
बिहीबार भान्साघरमाथिबाट पहिरो खस्दा घाइते भएका उनीहरु शर्माली स्वास्थ्यचौकीमा उपचारपछि घर फर्किसकेका जिल्ला प्रहरी कार्यालय बैतडीका निमित्त प्रमुख प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए ।
यस्तै, पहिरोले सुर्नया गाउँपालिका–८ ढोलेमा एक घर भत्किएको छ । स्थानीय लक्ष्मी बोहराको दुई तले कच्ची घर बिहीबार साँझ भत्केको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्