विश्वको सबैभन्दा महँगो चिया एक केजीकै पर्छ १६ कराेड भन्दा बढि

एजेन्सी : एक कप चियाको मूल्य कति पर्ला ? स्थान र गुणस्तर अनुसार चियाको मूल्य फरक फरक हुन्छ । तर विश्वको सबैभन्दा महँगो चियाको बारेमा सुन्नु भएको छ ? जसको मूल्य लाखौँ पर्दछ भन्दा पत्याउनु हुन्छ ?

नेपालमा चियाका पारखीको कमी छैन । प्रायजसो सबै मानिस चिया पिउने गर्दछन् । अझ कतिपयको त बिहानीको शुरुवात नै चियाको घुट्कीबाट शुरु हुन्छ । तर विश्वको सबैभन्दा महँगो चिया ‘द होंग पाओ’ चाहिँ दैनिक पिउन सम्भव नहोला । किनभने यसको मूल्य लाखौँ पर्दछ ।

‘द होंग पाओ’ नामक चियाको मूल्य सुनको मूल्य भन्दा कैयौँ गुणा बढी छ । चीनको एक सानो शहर, फुजियानको वूइसन क्षेत्रमा पाइने ‘द होंग पाओ’ चिया स्वास्थ्यकालागि अत्यन्त लाभकारी मानिन्छ । विशेष बिरुवाबाट तयार हुने यस चियालाई जीवनदायनी मानिएकै कारणले यो सुन भन्दा मुल्यवान मानिएको हो । यस चियाको एक किलोग्रामको अहिलेको दाम १६ करोड ७ लाख ४७ हजार भन्दा बढी पर्छ ।

सन् २००२ मा एक धनी व्यवसायीले २० ग्राम मात्रा खरिद गर्न २८ हजार डलर तिरेका थिए । 

‘द होंग पाओ’ चिया यति धेरै महँगो हुनुमा यो चिया बन्ने बिरुवा हो । किनभने यो जुन बिरुवाबाट बन्दछ सो बिरुवा अब संसारमा लगभग पाइँदैन । यस्तोमा प्राचीन चिया संग्रहित गरी राखेकोले यसको मूल्य लाखौँ परेको हो । यो चिया बन्ने बिरुवा सन् २००५ मा समाप्त भएको बताइन्छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार