एसिसि महिला कप’मा सुखद सुरुवात गर्ने दाउमा नेपाल, उद्घाटन खेलमा युएईको सामना

काठमाडौं : एसिसि महिला एसिया कप २०२४ को उद्घाटन खेलमा आज नेपालले युएईको सामना गर्दैछ । खेल श्रीलंकास्थित दाम्बुला क्रिकेट स्टेडियममा नेपाली समय अनुसार दिउँसो २ः१५ बजे सुरु हुनेछ ।

तयारीका लागि नेपाली टोली दुई साताअघि नै श्रीलंका पुगेको थियो । तयारीका लागि नेपालले श्रीलंका विकास टोलीविरुद्ध तीन खेल खेलेको थियो जसमध्य पहिलो दुई खेलमा हार बेहोरेको थियो भने अन्तिम खेलमा जित हासिल गर्‍यो । आज युएई हराउँदै नेपाल प्रतियोगितामा सुखद सुरुवात गर्ने दाउमा छ ।

Dengue

नेपालको यो तेस्रो एसिया कप सहभागिता हो । यसअघि नेपालले २०१२ र २०१६ मा महिला एसिया कप खेलेको थियो । दुवै पटक नेपालले सबै खेलमा हार बेहोरेको थियो । समूह ए’मा रहेको नेपालले पाकिस्तानविरुद्ध जुलाई २१ मा खेल्नेछ भने भारतविरुद्ध जुलाई २३ मा प्रतिस्पर्धा गर्नेछ ।

समूह चरणबाट दुई/दुई टोली सेमिफाइनल पुग्नेछन् । सेमिफाइनलमा विजयी हुने दुई टोलीबिच साउन १३ गते फाइनल भिडन्त हुनेछ ।

नेपाली टोली: इन्दु वर्मा (कप्तान), रुविना क्षेत्री, सिता राना मगर, कविता कुँवर, सम्झना खड्का, कविता जोशी, काजोल श्रेष्ठ (विकेटकिपर) , पूजा महतो, डली भट्ट, विन्दु रावल, रोमा थापा, कृतिका मरासिनी, सबनम राई, राजमती ऐरी

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार