सिमलताल दुर्घटनाः थप एउटा शव फेला, शवको संख्या २१ पुग्यो

भक्तराज जोशी

चितवन :सिमलताल पहिरोमा परी त्रिशूलीमा हराइरहेको बसका थप एक यात्रुको शव फेला परेको छ। विनयी त्रिवेणी गाउँपालिका–७ स्थित नेपाल र भारतको सिमानामा रहेको गण्डक व्यारेज पुलको १० नम्बर ढोकामा बिहीवार साँझ एक महिलाको शव फेला परेको प्रहरीले जानकारी दिएको छ ।

बिहीवार नै भरतपुर महानगरपालिका–२६ सिसुवारमा दुई पुरुषको शव फेला परेको थियो । यससँगै हालसम्म फेला परेका शवको संख्या २१ पुगेको छ । जसमध्ये १४ वटा शवको सनाखत भइसकेको छ भने सात वटा शवको सनाखत हुन बाँकी छ ।

Dengue

काठमाडौँबाट गौरतर्फ गइरहेको बागमती प्रदेश०३–००१ ख २४९५ नम्बरको बस र वीरगञ्जबाट काठमाडौँतर्फ गइरहेको बागमती प्रदेश०३–००६ ख १५१६ नम्बरको बस गत असार २८ गते भरतपुर महानगरपालिका–२९ सिमलतालको पहिरोले बगाएर त्रिशूली नदीमा बेपत्ता भएका थिए। हालसम्म दुईवटै बस भेटिएका छैनन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार