आहा ! डडेल्धुरामा चैते धान

डडेल्धुरा : डडेल्धुराको अजयमेरु गाउँपालिकामा चैते धान उत्पादन हुन थालेको छ। गाउँपालिका वडा नम्बर ४ हुराका किसानले चैते धान उत्पादन गरेका हुन् ।

चैते धान उत्पादन कार्यक्रम अन्तर्गत गाउँपालिकाले वडा नम्बर ४ को हुराका किसानलाई चैते धान परिक्षण खेती गर्ने सिकाएको हो । धान परीक्षण गर्दा उत्पादन राम्रो देखिएको छ। अहिले हुरामा परीक्षणको रुपमा चैते धान लगाइएको र नतिजा राम्रो देखिएको अजयमेरु गाउँपालिका गाउँपालिका कृषि शाखाले जनाएको छ।

Seti Hospital

चैते धानको राम्रो उत्पादन भएकोले आगामी आर्थिक वर्षबाट चैती धानको उत्पादन क्षेत्र बढाउने कृषकहरूले बताएका छन्।

पानी कम चाहिने १२० देखि १२५ दिनमा फल्ने रोग तथा किरा संक्रमण सहन सक्ने र मसिनो दाना हुने भएको चैते ५ नामका बालीतर्फ किसानको आकर्षण बढेको कृषि शाखाको भनाइ छ।

गाउँपालिकाले अनुगमन गरेर वडा नम्बर ४ को हुराका किसानको खेतमै अन्तरक्रिया कार्यक्रम समेत गरेको छ।

अन्तरक्रिया कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष उमेश प्रसाद भट्ट (विकास)ले चामलमा आत्मनिर्भर बन्ने अभियान अन्तर्गत गाउँपालिकाको वडा नम्बर ४ मा करिब १००० मिटरको उचाइमा चैते धान परीक्षण खेती गरिएको बताएका छन् ।

आगामी आर्थिक वर्ष २०८१/८२ मा यसलाई विस्तार गर्ने गाउँपालिकाको योजना रहेको अध्यक्ष भट्टको भनाइ छ।

नेपालमा धान आयात कम गराउन वा धानमा आत्मनिर्भर गराउन ‘चैते धान’ उपयुक्त हुने देखिएको छ । कृषि मन्त्रालयको तथ्यांक अनुसार नेपालमा चैते धान उत्पादन क्षमता ‘असारे धान’ भन्दा धेरै छ । उक्त क्षमता अनुसार खेतीको क्षेत्रफल पनि विस्तार गर्ने हो भने नेपालमा धान उत्पादन बढ्ने देखिएको विज्ञ बताउँछन् ।

गत आवमा सुदूरपश्चिममा १ हजार १ सय ९५ हेक्टरमा लगाएको चैते धान उत्पादन ६ हजार ५६ टन थियो । तर, असारे धान उत्पादन क्षमता भने चेतै धानभन्दा निकै कम देखिएको छ ।

१ लाख ६१ हजार ३ सय २५ हेक्टरमा लगाइएको असारे धान उत्पादन ५ लाख ८३ हजार १ सय ६५ टन अर्थात् प्रतिहेक्टर ३.६८ टन उत्पादन भएको देखिन्छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार